बागलुङमा पहिरोको वितण्डा : ३ जनाको मृत्यु

बागलुङ्ग । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर वर्षाका कारण तमानखोला गाउँपालिकामा पहिरोले एक घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर गाइते भएका छन् ।

तस्बीर : Devika Deviकाे फेसबुकबाट

गाउँपालिका वडा नम्बर २ खोलेस्बाङमा सोमबार राति साढे १ बजे घर माथिको मोटरबाटोबाट पहिरो खसेर घर पुरिँदा स्थानीय होमबहादुर विकको १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रिता विकको मृत्यु भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

तस्बीर : Devika Deviकाे फेसबुकबाट

विककी श्रीमति होमकुमारी विक घाइते भएको अध्यक्ष बुढा मगरले बताउनुभयो। रातिदेखिनै उद्धार सुरु गरिए पनि बिहान मात्रै शव फेला परेको उहाँको भनाई छ । होमबहादुर विक भने विदेशमा रहेका छन् ।

तस्बीर : Devika Deviकाे फेसबुकबाट

त्यसैगरी निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पेमा पहिरोले एक घर पुरिँदा एक जनाको मृत्यु भएको छ । कमल दमाईको ३ वर्षीय छोरा समिर परियारको मृत्यु भएको वडा नम्बर एकका वडा अध्यक्ष इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।बागलुङ पोष्टबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार