बाढी पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीद्वारा राहत संकलन

अमित विश्वकर्मा
बेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दी र अनेरास्ववियूले सोमबार बेनीमा घरदैलो गरि १ लाख ४ हजार ३ सय ९५ रुपैयाँ सहयोग संकलन गरेको छ । गत बिहिबार राति देखी परेकोको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका– ६ मराङ, मालिका गाउँपालिका–७ बिम लगाएत विभिन्न ठाउँमा गएको पहिरोबाट बिस्थापित बनेकाहरुलाइ राहतका लागि सो रकम संकलन गरिएको हो ।

बाढी र पहिरोबाट घर तथा परिवारका सदस्य गुमाएर सुरक्षित स्थानमा बसेकाहरुको अबस्था पिडादायी भएकोले दुखमा मलम लगाउन राहत स्वरुप उक्त रकम संकलन गरिएको राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका संयोजक प्रबिण शाहिले बताउनुभयो ।

कोरोना महामारिका कारण लकडाउनले समस्यामा परेका बेनीका व्यवसायीहरुले अभियानलाई सकारात्मक रुपमा लिइ खुल्ला हृदयले सहयोग गरेको अनेरास्ववियू म्याग्दीका संयोजक सुबास बिश्वकर्माले बताउनुभयो ।

उहाँले सहयोग संकलन अभियान जारिनै रहेकोले सहयोगका लागि सबैलाइ आबहान समेत गर्नुभएको छ । यसअघि अनेरास्ववियू म्याग्दीको एक समूह मराङको रिखमा पुगेर पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा घाइतेहरुको उद्दारमा सहयोग गरेर फर्किएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार