बाढी पहिरो पीडितका लागि शिक्षक महासंघ म्याग्दीद्वारा २ लाख सहयोग

बेनी । नेपाल शिक्षक महासंघ ,म्याग्दीले म्याग्दीका बाढी पहिरो प्रभावितहरुका लागि जिल्ला बिपद ब्यवस्थापन कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार महासंघका जिल्ला अध्यक्ष जयराम सुबेदीले कोषका संयोजक एबं प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।

गत असार २५ गते राती परेको अबिरल बर्षाका कारण जिल्लाका बिम, मराङ, ताकम, धारापानी, देबिस्थान,बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका विभिन्न ठाउँ लगाएतका क्षेत्रमा गएको पहिरोका कारण बिस्थापित बनेका परिवारका राहतका लागि सो रकम सहयोग गरेको अध्यक्ष सुबेदीले बताउनुभयो ।

जिल्लामा अध्यापनरत सबै क्षिक्षकको एक दिनको तलब उठाएर शिक्षक बिपद सहयोग कोष स्थापना गर्ने महासंघले निर्णय गरेको छ । यसरि संकलन हुने करिब १५ लाख रकम मध्यको २ लाख रुपैयाँ पहिरो पीडितहरुका लागि सहयोग गरिएको महासंघका संस्थागत सचिव बिनय श्रेष्ठले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन , नेपाल शिक्षक संघ, र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार