बिममा पहिरोमा परेर ९ जना बेपत्ता

बेनी ,शुक्रबार असार २६ गते ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा खसेको पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान बस्ती माथिबाट खसेको पहिरोमा परेर मालिका –७ बिमका दुले, नौरुङ्ग, तल्लोगाउँ र मालिका थानका गरी विष्णु शर्मा,इच्छा शर्मा ,एलिसा केसी ,गौदेवी नेपाली ,विशेष नेपाली ,बिरबहादुर नेपाली ,बिष्णु नेपाली ,सन्देश नेपाली तथा एक तीन महिने बालिका समेत बेपत्ता भएका वडा अध्यक्ष सुविन जुग्जालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय ,युवा क्लब तथा वडाका जनप्रतिनिधि लगायतको टोली उद्धारमा खटेका छन् ।भिरालो तथा भिरालो जमिन भएकाले पहिरो गएको वडा अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार