बिम र धारपानीका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा ४ लाख ३५ हजार बढीको खाद्यान्न सहयोग

बेनी । नेपाली काँग्रेस म्याग्दीले जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापनी र मालिका–७ बिमका पहिरो पीडितलाई खाद्यान्न राहत सामग्री सहयोग गरेको छ । गत २५ गते रातिदेखी परेको अविरल बर्षाका पछि बस्ती माथिबाट खसेको पहिरोका कारण विस्थापित धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिका– ६बिमका १ सय ९४ घरपरिवारलाई चार लाख ३५ हजार बढीको खाद्यान्न वितरण गरेको हो ।

बिममा १ लाख ६० हजार बराबरको चामल, दाल, नुन लगायतका खाद्यान्न सहयोग गरेको नेपाली काँग्रेस म्याग्दीका सचिव क्या मिन बहादुर कार्कीले जानकारी दिनुभयो । पार्टी सभापती खमबहादुर गर्बुजा खम्बीरको नेतृत्वमा गएको टोलीले गाउँपालिकाका उपाध्यक्ष खर माया विटालु र वडा अध्यक्ष रेशम जुग्जालीको उपस्थितीमा बिमका ६० घरपरिवारलाई उक्त खाद्यान्न सहयोग गरेको हो ।

टोलीमा नेपाली कांग्रेसका महासमिति सदस्य चिरन्जीबी शर्मा,क्षेत्र ख का उपसभापति,मेख बहादुर पुन, सचिव श्रीराम पौडेल लगायतको टोलीले बिममा गएको पहिरोको अनुगमन गर्नुका साथै पिडित परिवार र बिस्थाति घरधुरीलाई सहयोग गरेका हुन ।

त्यसैगरी निवर्तमान पार्टी सभापति एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँको नेतृत्वमा धारापानीका १३४ घरपरिवारलाई २ लाख ७५ हजार रुपैयाँ बढीको दैनिक उपभोग्य खाद्यान्न सहयोग गरेको नेपाल तरुणदल म्याग्दीका सचिव तथा कांग्रेस धवलागिरी गाउँपालिकाका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार संविधान सभा सदस्य बानियाँको नेतृत्वको टोलीमा नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठ, क्षेत्र ‘ख’ का सभापती कमल छन्त्याल,कोषाध्यक्ष तेजेन्द्र थापा , कांग्रेस मालिका गाउँपालिका सचिव बिरेन्द्र किसान लगायतले पहिरोको अनुगमन संगै विस्थापित घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

पहिरोका कारण विपदमा परेका बिम र धारापानीका पहिरो पीडितहरुलाई दोस्रो चरण अन्तर्गत विपद राहत कोषबाट दैनिक उपभोग्य खाद्यान्न राहत सामग्री वितरण गरिएको सभापति गर्बुजाले बताउनुभयो । यसैगरी अन्य ठाउँका पहिरो पीडितहरुलाई पनि सहयोग गर्ने सभापति गर्बुजाको भनाई छ ।राहतकोषमा सहयोग गर्ने सम्पूर्णलाई सभापति गर्बुजाले धन्यबाद समेत दिनुभएको छ । उहाँका अनुुसार यसअघि पहिलो चरण अन्तर्गत मराङ्गका पहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ ।

नेपाली काँग्रेसले दुई दिन अघि नेपाल बिद्यार्थी संघ म्याग्दीका अध्यक्ष निर्मल खत्री र तरुणदलका उपाध्यक्ष बिश्वास श्रेष्ठको नेतृत्वमा खच्चड मार्फत ढुवानी गरि मराङका पहिरो पीडितलाई ३ लाख ७६ हजार रुपैयाँको दैनिक उपभोग्य खाद्यान्य सहयोग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार