मराङ्गमा पहिरोले घर बगाउँदा करिब दश जना बेपत्ता

बेनी ,शुक्रबार असार २६ गते ।

लगातारको बर्षासँगै पहिरोले म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको रिखामा पहिरोले घर बगाउँदा करिब सात देखी दश जना वेपत्ता भएका छन् । बस्ती माथिबाट खसेको पहिरोले घर बगाउँदा रिखाका चार घर बगाउँदा करिब १० जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । निरन्तर बर्षाका कारण प्रहरी टोली घटना स्थलमा गुग्न नसकेका कारण विस्तृत रुपमा क्षतीको विवरण आउन नसकेको जानकारी दिनुभयो ।

पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरनजंग कुँवरले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उहाँले बताउनुभयो । मराङ्गका वडा अध्यक्ष राजाराम सुवेदीले निरन्तर पानि परिहेको र कुहुरोको कारण कुन ठाउँमा पहिरोले कति क्षती पु¥यायाे भन्ने विस्तृत विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।


यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको धवलागिरी गाउँपालिका–७ बौरका स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसहरुले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार