म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट(सूचिसहित)

म्याग्दी। म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गे स्थित जामुनाखर्क माविलाई नमुना विद्यालयको रुपमा छनौट गरेको हो । जमुनाखर्क मावि सहित देशभरबाट १०० वटा नमुना विद्यालय छानिएका छन् ।

तस्विर : विद्यालयको फेसबुकबाट

विगतमा नमुना विकासका लागि विद्यालयहरु छनौट नभएका स्थानीय तह अन्तर्गत १०० वटा विद्यालय छनौट गरिएको सो केन्द्रले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो।‘विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको’ केन्द्रले जनाएको छ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाईको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पुरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार