म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

बेनी । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुवेतबाट आएर बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका  जिल्लाको मालिका गाउँपालिका -४ का ३४ बर्षिय एक पुरुष र साउदी अरबबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बसेका अन्नपूर्ण गाउँपालिका-८ का ३५ बर्षिय एक पुरुषमा गरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ४५ पुगेको छ । संक्रमित मध्ये ३५ जना निको भएर घर गएका छन्  । संक्रमित दुई जनाको  साउन ८ गते नमुना संकलन गरि पीसिआर परिक्षणका लागी पठाइएको थियो  ।

 स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको छ । उनीहरूलाई थप उपचारका लागि बेनीको आइसोलेशन कक्षामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार