रुप्से झरनामा आएको बाढीले एक होटेल बगायो ,कालिगण्डकी र म्याग्दी नदीको बहाव बढ्यो ( फोटो/भिडियो सहित)

बेनी । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका–३ स्थित पर्यटकीय स्थल रुप्से झरनामा आएको बाढीले एक होटेल ,पुल र स्काभेटर बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउता स्काभेटर मेशिन ,बस र पुल बगाएको वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुप्से झरनामा अचानक आएको बाढीले मन्दीर समेत बगाएको छ । सोमबार दिउसो कालिगण्डकी नदी र म्याग्दीको नदीको बहाव बढेकाले तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने रुप्से झरणाको तल रहेको पुल बगाएको हो ।

https://www.facebook.com/watch/?v=763022684502823

जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिएको वडा सदस्य पुनले बताउनुभयो । रुप्से झरनामा बाढी आएको कालिगण्डकी नदीमा पनि पानीको बहाब बढेकाले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।नदीमा आएको बाढीले क्षती पु¥याएको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

https://www.facebook.com/watch/?v=763022684502823

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार