विश्व स्वास्थ्य संगठनको आग्रह : महामारीलाई बेवास्ता नगर्नु

जेनेभा ,आइतबार असार २१ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।

संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ । डब्लूएचओका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले शुक्रबार मिडियासँग यस्तो जनाएका हुन् ।

निर्देशक र्यानले सबैलाई सचेत रहन पनि आग्रह गरेका थिए । कोरोनाभाइरसका कारण विश्वभर १ करोड ११ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । साथै ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यसवाहेक सबै मुलुकलाई महामारीका बेला आफ्नो अर्थतन्त्र व्यवस्थित बनाउन पनि डब्लूएचओले आग्रह गरेको छ । तर स्वास्थ्य संकटलाई बेवास्ता गर्न नहुने उसको सुझाव छ । annapurnapostबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार