घुस लिएर काठमाडौं हिँडेका खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख समातिए

काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।

आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट उनी पक्राउ परेका हुन् ।

गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको र लगत्तै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले सोमबार जानकारी दिए । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार