विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो ।

व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ ।त्यसैगरी सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु एवं सङ्घसंस्थामा यस नगरपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय भएअनुरुप बिदा गरिएको शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए । रासस /नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार