कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का एक जना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा स्वाब संकलन गरी पोखरामा परिक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार संक्रमित ती व्यक्ती कुवेतबाट आएका थिए । बेनीको क्वारेन्टाइनमा बसेका ती ब्यक्ती संगै आएका चार जनाको पहिलो कोरोना रिपोर्ट नेगेटिभ आएपनि क्वारेन्टाइनमा संगै बसेका अर्को ब्यक्तीलाई कोरोना पोजेटिभ देखाएपछि उनको पुनःस्वाब संकलन गरी दोस्रो पीसिआर परिक्षणका लागि पोखरा पठाइएको थियो ।

उस्तै नाम गरेका अर्का ब्यक्तीको स्वाब पनि एउटै समयमा संकलन गरी संगै पठाइएको थियो । उस्तै नाम गरेका ब्यक्तीको रिपोर्ट नेगेटिभ आएपछि आएपछि उनलाई १४ दिन होम क्वारेन्टाइन बस्ने शर्तमा घर पठाइएको स्वास्थ कार्यालय, म्याग्दीले जनाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार घर पठाइएको दोस्रो दिनमा नेगेटिभ भनिएका ब्यक्तीको रिपोर्ट पोजेटिभ आएको थियो ।


‘पछि पोजेटिभ देखिएका ब्यक्तीको पहिलो कोरोना रिपोर्ट नेगेटिभ आएको तथा क्वारेन्टाइनमा रहेका अर्का व्यक्तीको पनि उस्तै नाम र एउटै समयमा संगै स्वाब संकलन गरी पठाइएकोले रिपोर्ट ढिलोछिटो हुँदा फरक पर्न गएको हो ,’–स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले भन्नुभयो ।

पोजेटिभ देखिएपछि उनलाई बेनीको आइसोलेशन कक्षमा राखिएको थियो भने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा उनी बसेको होटेल समेत सिल गरिएको थियो । साथै होटेल सञ्चालकको र घर जाने क्रममा उनको सम्पर्कमा आएका १५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । आइसोलेसनमा रहेका संक्रमित ब्यक्तीको अहिले पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उनीसंगै ६ जनालाई शनिबार विदाई गरिने स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार