थप २५९ जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कुल संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं । मंगलबार २ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै आजसम्म नेपालमा २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजसम्म निको हुने संक्रमितको संख्या १५ हजार २६ पुगेको जानकारी दिनुभयो । हालसम्म नेपालमा ५८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार