देशभर थपिए ५२५ जना कोरोना संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ ।नेपालमा हालसम्म ९५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार