देशभर ३७८ जना कोरोना संक्रमित थपिए,मृतकको संख्या ७३ पुग्यो

काठमाडौं । नेपालमा थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा  थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल निको हुने संख्या १६ हजार ३१३ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार