निस्कोटमा पहिरोले एक घर पुरियो ,तीन घर उच्च जोखिममा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको नामर्दीमा पहिरोले एक घर पुरिएको छ । नामर्दीका भबहादुर पुनको घर पहिरोले पुरिएको हो । साथै सोही बस्तीका एक र दासका दुई गरी तीन घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरमा पुर्ण रुपमा क्षती पु¥याएपछि पुनका परिवार आफन्तकोमा बस्दै आउनुभएको छ ।

‘साउन १७ गते राती परेको अविरल बर्षाका कारण घर भन्दा माथिबाट खसेको पहिरोले घर पुरियो ,१७ रोपनी बढी खेतमा लगाएको अन्नबाली समेत सबै नष्ट ग¥यो,’ पीडित पुनले भन्नुभयो । ‘पहिरोले उठिबास लगाएपछि हामी पाँच जनाको परिवार आफन्तकोमा शरण लिएर बस्दै आएका छौं ।’ यस अघि असार २५ गते राती परेको अविरल बर्षा कारण सामन्य पहिरो जान थालेपछि घरभित्र रहेका केही सामग्रीहरु निकालिएको पीडित पुनले बताउनुभयो ।

आफुहरुले कुनैपनि राहत नपाएको पीडित परिवारको गुनासो छ । पहिरोका कारण उच्च जोखिममा रहेका टेकबहादुर बिक तथा दासका पप्पु सुनार र कमल सुनार आफन्तकोमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार