नेपालमा अहिलेसम्मकै धेरै १०१६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २८२५७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार