नेपालमा थपिए ४६४ जना कोरोना संक्रमित, मृतकको संख्या ७० पुग्यो

काठमाडौं । आज शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।त्यसैगरी पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार