नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ ।

योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ। अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार