नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ८३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार