नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ पीसिआर परिक्षण भएको छ । यो संगै संक्रमितको कुल संख्या ३१,९३५ पुगेको छ । हालसम्म संक्रमित मध्य १८६३१ जना कोरोना संक्रमण मुक्त भएर घर गएका छन् । भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार