पात्लेखर्कमा पहिरोले दुई घर विस्थापित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,पात्लेखर्कमा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । गयराती परेको अविरल बर्षाका कारण पात्लेखर्कका पृथीराज पुन र हंसविर पुनको घरमा क्षती पु¥याएको हो । घरमा क्षती पु¥याएपछि पृथीराज र हंसविरका परिवार छिमेकीको खेतमा अस्थाई पालको टहरा बनाएर बस्न बाध्य भएका छन् ।

जमिन भासिएका कारण दुई घर बस्न नमिल्ने भएको पीडित पृथीराजका छोरा अंकित पुनले जानकारी दिनुभयो । घर भित्र रहेका सामान भने छिमेकीको सहयोगमा बाहिर निकालिएको छ । उहाँका अनुसार विभिन्न ठाउँमा गएको पहिरो र जमिन भासिएका कारण आफुहरुको (दुई जनाको गरी ) दुई सय रोपनी जग्जामा लगाएको अन्नबाली नष्ट भएको छ ।

साउन ५ मा सोही गाउँका धनबहादुर पुनको घर पहिरोले पुरिएको थियो । पहिरोको कारण विस्थापीत पुनका परिवार अस्थाई टहरामा बस्दै आएका छन् । आफुहरुले कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार