बागलुङको निसीखोलामा पहिरोले पुरिएर दुई बालकको मृत्यु

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका—५ मा पहिरोमा पुरिएर दुइ बालको मृत्यु भएको छ । लगातारको वर्षाका कारण निसीखोला—५ कारी गाउँमा शुक्रबार राती झरेको पहिरोका कारण दुई जना बालकको मृत्यु भएको हो ।

file photo

घरमाथिबाट झरेको पहिरोले पुरिंदा स्थानीय हिराबहादुर विकका छोरा र एक नातीको मृत्यु भएको निसीखोला—४ का वडाध्यक्ष टिकानिधि पौडेलले बताए ।


पहिरोका कारण विकका १३ वर्षका छोरा विदेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको वडाध्यक्ष पौडेलले बताए ।रातीको समय पहिरो झरेका कारण भाग्न नसक्दा पुरिएर उनीहरुको मृत्यु भएको बताईएको छ । बागलुङ पोष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार