बेनी–दरबाङ्ग सडक अवरुद्ध (तस्बिर सहित )

बेनी । बेनी–दरबाङ्ग सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएपछि सिधा यातायात सेवा अवरुद्ध भएको हो । सिधा यातायात सेवा हुँदा यात्रु तथा ब्यवसायीहरुलाई सास्ती भएको छ । भने सडक अवरुद्ध हुँदा यातायात ब्यवसायी मर्कामा परेका छन् ।

पहिरोको कारण यात्रा गर्न असहज हुनुका साथै आफुहरुले सास्ती ब्यहोर्नुपरेको यात्रुहरुको गुनासो छ । पहिरोको कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रु नन्द बहादुर घर्तीले बताउनुभयो । करिब एक महिनादेखी सिधा यातायात अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको दरबाङ्गका ब्यवसायी बेदप्रसाद सुवेदीले बताउनुभयो । उहाँले अवरुद्ध सडक खुलाउन स्थानीय तह र जनप्रतिनिधिले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत मंगला गाउँपालिकाको वडा नं २ लाम्पाटादेखी मालिका गाउँपालिकाको दरबाङ्गसम्मको सो सडक निर्माणको ठेक्का विरुवा क्याराभान निर्माण कम्पनीले लिएको छ । पहिरो पन्छाए पनि निरन्तर परेको बर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न समस्या भएकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार