मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )

म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले बेलिब्रिजको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो । आयोजनाका अनुसार सो पुल मर्मत गर्न करिब पचास लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।

मंगलबार देखि हलुका सवारी मात्र आवतजावत गर्ने छन् भने भदौ ५ गते पछि ठूला सवारी साधनलाई पनि आवतजावत गर्न दिइने आयोजनाका सव इन्जिनियर गजेन्द्र प्रसाद रावतले जानकारी दिनुभयो । https://youtu.be/h7an4-bQdLg उहाँका अनुसार भदौं पाँच पछि १६ टन क्षमता सम्मका सवारीहरु आवतजावत गर्न पाउने छन् । पुलको क्षमता १८.५ टनको भारबहन रहेको छ । उहाँका अनुसार पुल मर्मतका लागि ८ मिटर अग्लो ४४६ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पर्खालबाट नदीको सतहमा खसेको बेलिब्रिजलाई क्रेनको सहायताले ५ मिटर माथि तानिएको छ ।

बेलिब्रिजलाई पुन मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउनका सकिने प्राविधिक टोलीले दिएको सुझावका आधारमा मर्मत सम्भार गरिएको उहाँले बताउनुभयो । पुरानै अवस्थामा बेलिब्रिज सञ्चालनमा आएको उहाँले बताउनुभयो । पुल सञ्चालनमा आएपछि आवतजावत गर्न सहज भएको छ । रघुगंगा नदिमा आएको बाढीले कटान गर्न थालेपछि श्रमदानबाट राहुघाटको बस्ति संरक्षणका लागि पनि ग्यावीयन पर्खाल निर्माण गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार