युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली निवासी समाजसेवी एवम् वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका ,ट्रक ब्यवसायी महासंघका अध्यक्ष राखु भगवतीका राजेन्द्र श्रेष्ठ र मंगला गाउँपालिका–५,अर्मन निवासी ईञ्जिनियर करिश्मा खत्री रहेका नेपाली कांग्रेस ,म्याग्दीका महाधिबेशन प्रतिनिधी धनबहादुर छन्त्यालले बताउनुभयो ।

प्रवेश गरेका चार जनालाई पार्टीका सभपाती तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा एक कार्यक्रमका विच पार्टी प्रवेश गराउनुभएको हो । भने कांग्रेस, म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले पार्टी सदस्यता पत्र वितरण गर्नुभएको थियो । ढकाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष हुनुहुन्छ । २०५४ को स्थानीय निर्वाचनबाट अर्मन गाविसको उपाध्यक्षमा निर्वाचित ,२०५५ मा एमालेको जिल्ला कमिटी सदस्य बन्नुभएका ढकाल नेकपा म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुन जोशी, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बबहादुर गर्बुजा ‘खम्बीर’, कांग्रेस नेताहरू जित छन्त्याल नेपाली कांग्रेस काठमाण्डौं सम्पर्क समितिका सभापति चित्र केसी ,कोषाध्यक्ष ईन्द्र थापा नेबिसंघ काठमाडौ सम्पर्क समितिका सभापति दीपेन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार