विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिन माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन व्यापक जनमत बनेको छ ।नेपालमा १८ घण्टासम्म लोडसेडिङको अन्त्य गर्दै अरवौं नाफामा प्राधिकरणलाई पुर्याउन सक्षम कार्यकारी निर्देशक घिसिङलाई काम गर्न दिन माग बढेको हो ।

उनको कार्यकाल सकिँदै गर्दा उनलाई प्राधिकरणको व्यवस्थापकीय जिम्मेवारी थप गर्न जनदवाव बढेको हो ।प्राधिकरणको आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।

‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ । यो उहाँकै नेतृत्वमा सम्भव भएको हो । सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’कुलमानको ४ वर्षे कार्यकाल यही २९ गते सकिँदैछ । नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार