विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो : ज्यान गुमाउनेको संख्या ७३३,९१८ पुग्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २१ हजार ३ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड २८ लाख ९६ हजार ८ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ६३ लाख भन्दा धेरै एक्टिभ संक्रमित छन् । ६४ हजार ६ सय ६६ जनाको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ जनाको ज्यान गएको छ । ब्राजिलमा १ लाख १ हजार १ सय ३६, भारतमा ४४ हजार ४ सय ६६ र मेक्सिकोमा ५२ हजार २ सय ९८ जनाको ज्यान गएको छ । नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार