संक्रमित अख्तियार प्रमुखसहितको टोली संसदीय समितिमा जोखिम

काठमाडौं ।समुदायस्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च पदाधिकारीसम्म पुगको छ । मंगलबार अख्तियारका प्रमुख आयुक्तसहित अन्य पदाधिकारीमा सो संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । अख्तियारका कुन–कुन पदाधिकारीमा संक्रमण भएको भनेर औपचारिक रुपमा जानकारी दिइएको छैन ।

तर अख्तियारमा पहिलोपटक कोरोना संक्रमणको रिर्पोट आएको ठीक एकसाता अघि अख्तियारका उच्च पदाधिकारी संसदीय समितिको बैठकमा सहभागी भएका थिए । साउन २० गते पहिलो पटक अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत साउन ११ गते अख्तियार प्रमुख नवीन कुमार घिमिरेसहितको टोली प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका थिए ।

सो बैठकमा प्रमुख आयुक्त घिमिरे, अन्य आयुक्तहरु डा। गणेशराज जोशी, डा.सावित्री थापा गुरुङ, सचिव, प्रवक्ता तारानाथ अधिकारी सहितको टोली संसदीय समितिको बैठकमा सहभागी थिए ।

यो पनि
उजुरी आए मन्त्री र सचिवलाई पनि समात्छौं अख्तियार प्रमुख घिमिरे

उनीहरुले अख्तियारमै प्रिन्ट गरेर ल्याइएको वार्षिक प्रतिबेदन समितिमा सांसद र पत्रकारलाई वितरण समेत गरेका थिए ।

बैठकमा अख्तियारका प्रतिनिधिहरुले मास्क लगाएका थिएनन् भने समिति सभापति शशी श्रेष्ठ सहित अन्य केही सांसदले पनि मास्क लगाएका थिएनन् । बैठकमा १५ बढी सांसद, झन्डै १० जना पत्रकार र कर्मचारीहरु सहभागी थिए ।

बैठकमा सहभागीको अनिवार्य जाँच गर्नुपर्छ डा.समीरमणी दिक्षीत

कोरोना संक्रमित ब्यक्ति केहीदिन पहिले कुनै बैठकमा सहभागी भएको वा संक्रमितको सम्पर्कमा रहेको ब्यक्तिको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने जनस्वास्थ्यविद् डा।समीरमणी दीक्षित बताउँछन् । कोरोना संक्रमण लक्षणविहीन भएर फैलिने हुँदा कुनै व्यक्तिको परीक्षण गरेर रिपोर्ट आउनुअघि नै संक्रमण भएको हुन सक्ने भएकोले यसको जोखिम हुने उनले बताए ।

अख्तियारमा २० गते संक्रमण देखिनुमा कम्तिमा एक साता अगाडि नै व्यक्ति संक्रमित हुने उनले बताए । रातोपाटीसँग कुरा गर्दै डा। दीक्षितले भने–‘२० गते संक्रमण पुष्टि हुनका लागि १० गतेदेखि १७ गतेको बीचचमा संक्रमित भइसकेको हुनुपर्छ । दशौँ दिनदेखि संक्रमित भएर लक्षणविहीनको अवस्थापनि हुन सक्छ । ११ गतेको बैठकमा सहभागी सबैको अनिवार्य रुपमा परीक्षण गरिनुपर्छ । मास्क लगाएका छनैन् र त्यस्ता सामुहिक बैठकमा सहभागी छन् भने अनिवार्य रुपमा परिक्षण गर्नुपर्छ, त्यसमा कुनै शंका छैन ।’

समिति सभापति श्रेष्ठ भन्छिन्, ‘सबैले जाँच गर्दा राम्रो’

राज्यव्यवस्था तथा सुसाशन समितिकी सभापति शशी श्रेष्ठले अख्तियारमा कोरोना संक्रमण देखिनुअघि समितिको बैठकमा अख्तियार पदाधिकारी सहभागी भएकोले जोखिम नरहेको दावी गरिन् । उनले बैठकमा दुरी कायम गर्ने सक्दो प्रयास गरेको बताएपनि समितिको साँघुरो बैठक कक्ष सांसद, कर्मचारी र पत्रकारले भरिएका थिए ।

अहिले कोरोना संक्रमण बढ्न थालेपनि समितिको बैठक रोकेको जानकारी दिइन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर सानो उपसमितिले काम गरिरहेको उनले बताइन् ।

रातोपाटीसँग कुरा गर्दै सभापति श्रेष्ठले भनिन्–‘एकपटक सबैको टेष्ट गर्नुपर्छ भन्ने सोच बनाइएको छ, अनुरोध गर्ने भन्ने खालको कुरो गरिएको छ । उहाँहरु आउनु भएको बेलामा कसैमा पनि संक्रमणको स्थिति थिएन । हामीले बैठक राख्ने बेलामा अख्तियारका सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको थिएन्, त्यो भन्दा पछाडि देखिएको हो । बैठक अगाडि देखिएको हो कि पछाडि देखिएको हो बहसको विषय भएन । विषय के हो भने सुरक्षा सावधानी अपनाउनु प¥यो । सबैले जाँच गर्दा राम्रो ।’

कोरोना संक्रमितको अवस्था, ठेगाना र उनीहरुको सम्पर्कको बारेमा जानकारी नदिँदा संक्रमण भित्र भित्र झन् झन् फैलिएको जनस्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरेका छन् । साथै कन्ट्रयाक ट्रेसिङका आधारमा पिपिसआर परीक्षणको मात्रा बढाउन पनि उनीहरुको सुझाव छ ।रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार