सांसद यादवलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

कोरोना पुष्टि भएपछि आफूलाई आइसुलेट गरेर आराम गरिरहेको जानकारी दिँदै उनले स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्पष्ट गरेका छन् । कोरोनामुक्त भएर आफ्नो ‘प्राणभन्दा प्यारो’ जनताको सेवामा चाँडै फर्किने बाचा गर्दै उनले आव्हान गरेका छन्,‘आ–आफ्नो घरभित्र आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क लगाइ ननिस्किन र समाजिक दूरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापूर्वक म आग्रह गर्न चाहन्छु ।’

सांसद यादवले शुक्रबार मात्र प्रधानमन्त्रीलाई पत्र लेख्दै वीरगञ्जमा कोरोना संक्रमण बढेको अवथामा ५ सय शैय्याको अस्पताल, विज्ञ टोली पठाउन र समुदायमा जाँचको दायरा बढाउन माग गरेका थिए । उनले सीमामा आवत जावत रोक्न माग गरेका थिए ।नागरिकखबरबाट साभार

https://www.facebook.com/MP.pradipyadav/posts/2711412849139767

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार