सिन्धुपाल्चोक पहिरोमा मृत्यु भएका ११ को सनाखत,अझै २७ जना बेपत्ता

सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार मृत्यु हुनेमा पुरुष २ जना , महिला ४ जना, बालबालिका ५ जना छन । पहिरोमा परेका २७ अझै वेपत्ता छन् ।

तस्बिर :सामाजिक सञ्जाल

मृत्यु हुनेमा पिर्ती दोङ, धन माया दोङ ,टीका माया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानू दोङ, जय बहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, र रिमेक्स दोङ रहेका छन् ।आज बिहानै बाट सेना प्रहरी र स्थानियले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।radiomelamchi

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार