‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी। आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमको कथाबस्तुलाई समेटिएको सो म्युजिक भिडियोको म्याग्दीमै छायांकन गरिएको हो । सो म्युजिक भिडियोमा म्याग्देली कलाकार सुनिल बानियाँ र आरती विश्वकर्माको अभिनय रहेको छ ।

ग्रामिण जिवनशैलि र पारिवारिक सम्बन्धलाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको सो म्युजिक भिडियोको निर्देशन र सम्पादन भुपेन बानियाँले गरेका हुन् । गाएक निरोज लामाको आवाज रहेको गीतमा अनिल बानियाँको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

भिडियोलाई क्रियटिभ मिडिया प्रोडक्सनले युटुब मार्फत बजारमा ल्याएको हो । मोडल बानियाँले यस अघि पनि दर्जनौ गीतहरुमा अभिनय गरिसकेका छन भने विश्वकर्मा हालै बेनीमा सम्पन्न मिस म्याग्दीकी बिजेता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार