२ सय जनालाई वेलनेस टिमले वितरण गर्यो फर्स्ट एड बक्स

थम्मन थापा
बागलुङ । वेलनेस टिम नेपालको पहल तथा समन्वयमा जिल्लाको ताराखोला गाउँपालिकामा पहिलो सहायता वक्स (फस्ट एड बक्स) वितरण गरिएको छ । ताराखोला गाउँपालिकाको सहयोगमा पालिकाका पाँच वटै वडा, स्वास्थ्य स्वंयम सेविका, गाडी चालक लगायत २ सय जनालाई शनिवार सहायता वक्स वितरण गरिएको हो ।

विशेष गरी कोभिड–१९ लाई लक्षित गरि पहिलो चरणमा दुई सय जनालाई ‘फस्ट एड वक्स’ बितरण गरिएको वेलनेश टिमकी अध्यक्ष नितु खड्काले जानकारी दिइन् ।बक्समा मास्क, थर्ममिटर, नेल कटर, आकस्मिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, सामान्य चोटपटक लाग्दा घाउँमा लगाउने औषधी, टाउँको दुखेको, पेट दुखेको, बमिट नआउने, जीवन जल, मर्केकोमा लगाउने जेल लगायत १८ प्रकारका औषधि र औजार छन् ।

वेलनेश संस्थाले ‘हरेक घर, फस्ट एड बक्स’ भन्ने नाराका साथ केही वर्ष यता यो अभियान चलाइरहेको छ । एउटा बक्सको करिब ११ सय रुपैयाँ पर्छ । पहिलो चरणमा २ लाख बढीको सामग्री बितरण गरिएको अध्यक्ष खड्काको भनाई छ । स्वास्थ्य क्षेत्रमा सहयोग पुराउने उद्धेश्यले यो कार्य गरिएको वेलनेश टिम नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार