७ जिल्लामा सिडिओ फेरिए, म्याग्दीमा अधिकारी

काठमाडौँ । सात जिल्लामा सिडिओ फेरिएका छन् । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ )सहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअ सहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गर्नुभएको हो । गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

गृहका सहायक प्रवक्ता उमाकान्त अधिकारी म्याग्दीमा प्रजिअ बन्नुभएको छ । यसअघि म्याग्दीको प्रजिअ ज्ञाननाथ ढकाल हुनुहुन्थ्यो । ढकाल गृहमन्त्रालयमा सरुवा हुनुभएको छ । केही समयअघि मात्रै रक्षा मन्त्रालयबाट गृहमा सरुवा हुनुभएका सन्तबहादुर सुनारलाई दैलेखको प्रजिअ बनाइएको छ ।

सहसचिव उमेश बस्नेत रौतहटका प्रजिअ बन्नुभएको छ । हिरादेवी पौडेल मुस्ताङ, खिमराज भुसाल प्यूठान, ध्रुव गिरी मनाङ र राजकुमार राई रुकुम पूर्वका प्रजिअ बनेका छन् ।अरुण पोखरेल लगायत अन्य सहसचिवहरुलाई मन्त्रालय मातहतका विभिन्न कार्यालयमा पदस्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार