अन्नपुर्णको जलथले र कोप्चेपानी बस्तीका २६ घर पहिरोको उच्च जोखिममा (भिडिओ /फोटो)

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ३ जलथले र वडा नम्बर ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा रहेका छन् । बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको कारण जलथलेमा तीन घर उच्च जोखिममा रहेका छन् ।

उच्च जोखिममा रहेका तीन घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बताउनुभयो ।उहाँका अनुसार कालिगण्डकी नदीको कटान तथा बास्ती माथिबाट खसेको पहिरोको कारण वडा नम्बर ४ स्थित कोप्चेपानीका २३ घर उच्च जोखिममा रहेका छन् ।

‘बुधबार परेको अविरल बर्षातका कारण गएको पहिरोले गाउँपालिकाको वडा नं ३ को जलथलेमा ३ घर र कालिगण्डकी नदीको कटान तथा बस्ती माथिबाट खसेको पहिरोले वडा नं ४ को कोप्चेपानीमा २३ घर पहिरोको उच्च जोखिममा रहेका छन्,’–गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो ,‘जलथलेको तीन घरलाई सुरक्षित स्थानमा सारिएको छ भने ,कोप्चेपानी बस्तीमा खानेपानिको समस्या भएकाले ४ सय मिटर पाइपको व्यवस्था गरिएको छ । अति उच्च जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । ’ भिरालो तथा कमजोर भुगोलका कारण पहिरो गएको अध्यक्ष क्याप्टेन गर्बुजाको भनाई छ ।यसैगरी ,रुप्से झरनामा आएको बाढीका कारण सडकमा क्षति हुँदा बेनी –जोमसोम सिधा यातायात लामो समयदेखी अवरुद्ध छ ।

कोप्चेपानीमा बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले स्थान्त्रण गर्न गाउँपालिकाले सोही वडाको भलाममा जग्गा खोजिको तयारी थालेको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो । पहिरोको कारण सडक पुर्ण रुपमा बन्द भएको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा सहित वडा अध्यक्ष ,स्थानीय टोल सुधार समितिका प्रतिनिधि लगायतले बुधबार र विहिबार पहिरोको स्थलगत अवलोकन गरी स्थानीय बासीलाई सतर्कता अपनाउन आग्रह गरेका थिए ।

भिडिओ

https://www.facebook.com/watch/?v=634437490589380&extid=yjILeCCY3cq9SCsP

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार