कन्ट्याक ट्रेसिङबाट तमानखोला गाउँपालिकामा ९ जनामा संक्रमण पुष्टी

बागलुङ । बागलुङ्गको तमानखोला गाउँपालिकामा थप ९ जनामा कोराना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।कन्ट्याक ट्रेसिङको आधारमा गरिएको कोरोना परिक्षणमा ९ जनालाई कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तमानमा ९ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले बताए ।

उनीहरुमध्ये ६ जना महिला र ३ जना पुरुष रहेका छन् । तमानखोला—१ का ३८ वर्षका पुरुष, ४० वर्षका पुरुष, २३ वर्षकी महिला, २९ वर्षकी महिला, २२ वर्षकी महिला, २८ वर्षकी महिला, वडा नम्बर २ का १८ वर्षकी महिला, वडा नम्बर ५ का ३० वर्षकी महिला र वडा नम्बर ८ का १९ वर्षका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताए । संक्रमितहरुमध्ये ३ जना स्वास्थ्यकर्मी रहेको बताईएको छ ।

तमानखोलाकी एक स्वास्थ्यकर्मी र अर्की एक महिलालाई भदौ १४ गते कोरोना पुष्टी भएपछि गरिएको कन्ट्याक ट्रेसिङमा उनीहरुलाई कोरोना पुष्टी भएको बताईएको छ । ११९ जनाको स्वाव परिक्षणका लागि पठाईएकोमा ९ जना संक्रमित भएको र बाँकीको नेगेटिभ रिपोर्ट आएको हो । उनीहरुलाई बुर्तिबाङ स्थीत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा ल्याउने तयारी भैरहेको छ । कन्ट्याक ट्रेसिङकै आधारमा गत २० गते पनि तमानकी एक महिलालाई कोरोना पुष्टी भएको थियो । baglungpost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार