करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु

काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ।

बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको बिजुली आपूर्तिको लागि जम्परु छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए।

त्यही क्रममा विद्युत सट हुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर पोलमै अड्किएका उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सामुदायिक मिसन अस्पताल लगेको थियो। तर अस्पताल पुग्दा डाक्टरले खत्रीलाई मृत घोषणा गरिसकेको कार्यालयले जानकारी दिएको छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार