करोड लगानीमा हिदिमा अर्गानिक तरकारी खेती (फोटो/भिडिओ )

बेनी । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको छ भने एकातिर बिषादीयुक्त औषधी प्रयोगले जनस्वास्थ्यमा प्रत्यक्ष असर गरीरहेको छ ।

रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगलाई विस्थापित गर्ने उद्धेश्यले म्याग्दीमा सामुहिक लगानीमा अर्गानिक तरकारी उत्पादन थालिएको छ । सन्तोष रावलको अध्यक्षतामा प्रा.लि दर्ता गरेर दश जनाको सामुहिक लगानीमा जिल्लाको मंगला गाउँपालिकाको वडा नम्बर २ स्थित हिदिमा २७ रोपनी क्षेत्रफलमा अर्गानिक तरकारी उत्पादन थालिएको हो ।

प्रति ब्यक्ती दश–दश लाख रुपैयाँ गरी एक करोड बढी लगानीमा हिमचुली अर्गानिक कृषी तथा पशु फार्म प्रालि स्थापना गरी अर्गानिक तरकारी उत्पादन गरिरहेका छन् । फार्ममा अहिले बन्दा ,काउली ,आलु ,मुला ,साग ,प्याज,लसुन सिमी ,गोलभेडा ,काक्रो ,खुर्सानी लगायतका तरकारीहरु उत्पादन भइरहेका छन् । भने फलफुलमा ओखर ,कागती र किवी खेती लगाइएको फर्मका सञ्चालक समिति सदस्य तथा बागवानी विज्ञ भोज बहादुर थापा मगरले बताए ।

दुध र मासुको लागि पशुपालन ब्यवसाय पनि विस्तार गर्ने फार्मले जनाएको छ । सो फार्मलाई भुमी ब्यवस्था तथा सहकारी मन्त्रालय ,गण्डकी प्रदेशले दश लाख रुपैयाँ अनुदान दिएको छ ।स्थानीय रुपमा प्राङगारीक मल ,गहुत ,कुहिएका स्याउलाहरु मलको रुपमा प्रयोग गरिएको छ भने विषादीरहित जडीबुटी औषधीको रुपमा प्रयोग गरीएको छ ।

रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र बिषादीयुक्त औषधीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरीरहेकाले प्राङगारीक मल तथा विषादीरहित औषधीको प्रयोग गरी अर्गानिक तरकारी उत्पादन गरी आयातलाई प्रतिष्ठापन गर्दै कृषीमा आत्मनिर्भर गराउने फार्मको उद्धेश्य रहेको छ । फार्ममा अहिले दैनिक जसो गाउँका युवाहरुले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।


‘पछिल्लो समय रासायनिक बिषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरण प्रदुषित बनाइरहकोे छ ।’ सञ्चालक सदस्य तथा बागवाणी विज्ञ थापाम मगरले भने । ‘स्थानीय स्तमा उपलब्ध हुने स्रोत साधन प्रयोग गरेर तथा कृषीमा हिमउपकरण प्रयोगमा ल्याउन सकेमा आयात न्युनिकरण गर्न सकिन्छ भने स्थानीय युवाहरुले रोजगारीको अवसर पाउनेछन् । भने मानवस्वास्थ्य र वातावरण संरक्षण गर्न सकिन्छ ।’

भिडिओ हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार