काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश

म्याग्दी । जिल्लाको मालिका गाउँपालिकामा कांग्रेसका वडा सभापति सहित ८५ जना नेकपमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ ।

सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको बिम, दरबाङ, निस्कोट, रुम, ओखरबोट, देविस्थानबाट काँग्रेस र अन्य पार्टीबाट पार्टी प्रवेश गरेकाहरुलाई नेकपाले स्वागत गरेको थियो ।

पार्टी प्रवेश गर्नेहरुलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापा, जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्यहरु देवेन्द्रबहादुर केसी, सुविन जुग्जाली, बालकृष्ण सुवेदी, प्रदेश कमिटी सदस्य मुना बानियाँ लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार