कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ । महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार