कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो ।

३३ बर्षिया छन्त्यालको स्तनक्यान्सरको अप्रेशन गरिएपनि लामो समयसम्म किमोथेरापी विधिबाट उपचार गराईराख्नुपर्ने र उपचार खर्चिलो भएपछि समस्या भएको बताउनुभयो । तीन महिना अघि सल्यक्रिया गरेपछि अहिलेसम्म ६ पटकसम्म किमो चढाएको छन्त्यालको भनाई छ । ‘‘ हरेक २१ दिनमा किमो चढाउनुपर्छ, हरेक पटकमा ५० हजारको हाराहारीमा खर्च आउँछ, आर्थिक स्रोत केहि छैन, अबत उपचार गराउन सक्ने अबस्था नै रहेन’’–छन्त्यालले भन्नुभयो ।

उपचारको क्रममा पोखरा स्थित लामाचौरमा माइतीको शरणमा पुग्नुभएकी छन्त्यालका बुबा प्यारालाइसिस र आमा मुटु रोगका विरामी भएपछि परिवारमा थप समस्या सिजर्ना भएको छ । ४ बर्षसम्म साइप्रसमा बैदेशिक रोजगारि गरि फर्कनुभएकी छन्त्यालले उपचारमा अहिलेसम्म आफुले कमाएको, घरपरिवारले जुटाएको र आफन्तले सहयोग गरेको समेत गरि करिब १० लाख खर्च भैसकेको बताउनुभयो ।


‘‘आर्थिक अभाबले उपचार गराउन नै ढिलाई भयो, त्यसैले लामो समयसम्म उपचार गराउनुपर्ने चिकित्सकहरुको सुझाब आएको छ, अब थेरापीको लागि काठमाण्डौ जानुपर्छ भनेका छन, तर उपचारखर्च कहाँबाट जुटाउने केहिँ टुंगो लागेको छैन’’– छन्त्यालकी दिदी थममायाँले भन्नुभयो । उहाँले शिबकुमारीको उपचारमा आर्थिक सहयोग गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।
पीडित शिबकुमारी छन्त्याल ः ९८१८५७३८७०
दिदी थममायाँ छन्त्याल ः ९८०६५५००४३
बैँक खाता नेपाल इन्भेष्टमेन्ट बैँक शिबकुमारी छन्त्याल ०११०५०५०२६६६०४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार