कोरोनाबाट पोखराका एक संक्रमितको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार उपचारका लागि भर्दौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए । योसँगै कोरोनाबाट गण्डकी प्रदेशमा ३१ जनाको मृत्यु भएको छ ।

यसैबीच मंगलबार दिउँसो १ बजेसम्ममा प्रदेशभरि कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा मंगलबार विभिन्न जिल्लाका ५१ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । अधिकांश संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमितमध्ये प्रदेशभरि १ हजार ८ सय ९५ जना निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या १ हजार एक सय ९० छ । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार