कोरोना अपडेट : १,०८१ जना संक्रमित थपिए ,मृतकको संख्या ३१२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टामा ९१८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो संगै निको हुनेको संख्या ३३ हजार ८ सय ८२ जना पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा मृतकको कुल संख्या ३१२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार