कोरोना संक्रमणबाट कपिलवस्तुको चन्द्रौटामा २ को मृत्यु

कपिलवस्तु । कोरोना भाइरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा बजारका दुई जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

उनी मिर्गौला र उच्च रक्तचापका बिरामी थिइन् । त्यस्तै उक्त वार्डकै ५८ वर्षीय पुरुषको आइतबार भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको छ । उनी दमका बिरामी थिए । महिलामा भदौ २१ र पुरुषमा भदौ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार