गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगर पालिकाका २७ जना, गोरखाको आरुघाट गाउँपालिकाका १ जना, पूर्वि नवलपरासीको कावासोतीका ५ जना, तनहुँको घिरिङका ३ जना, बागलुङको बागलुङ नगरपालिकाका ५ जना, जैमिनी नगरपालिकाका २ जना र लमजुङको राइरासका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १० पुगेको छ । कास्कीको पोखरा महानगरपालिका स्थित वार्ड प्रहरी कार्यालय, रामबजारमा कार्यरत ४ जना पुरुष र ३ जना महिला नेपाल प्रहरीका हुन् ।

बाग्लुङको बाग्लुङ नगरपालिकामा कार्यरत ३ जना पुरुषहरु नेपाली सेनाका र २ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुनभने बाग्लुङ नगरपालिका, वार्ड नं ११ का ३३ बर्षीय पुरुष सार्बजनिक सबारी साधन चालक हुन् । जैमिनी–७ का दुबैजना भारतबाट आएर क्वारेन्टाईनमा बसेका पुरुष भएको निर्देशनालयले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार