जफत गरिएको प्याज खाद्यले बेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कालोबजारी मुद्दामा जफत गरिएको प्याज बिक्री गर्ने भएको छ । कृत्रिम अभाव गराएर कालोबजारी कसुरमा मुद्दा दायर गरिएका पसलबाट जफत गरिएको करिब १४ हजार के।जी प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायी सहित मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कालीमाटी र बल्खुमा शिल गरिएको दुई पसलबाट प्याज ल्याएर खाद्यको थापाथली गोदामबाट बुधबारदेखि बिक्री गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यलय काठमाडौले जानकारी दिएको छ । मुद्दाको धरौटीमा रहेकाले प्रतिकेजी ५२ रुपैयाँ मूल्य कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

बिक्री भएको रकम जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा रकम जम्मा हुने छ । ढुवानी लागत र प्याकेजिङ्ग गरेर खाद्य कम्पनीले प्रतिकेजी ६० रुपैयाँमा उपभोक्तालाई बिक्री गर्ने निर्णय भएको कार्यालयले जानकारी दिएको छ । एक जनालाई प्रतिकेजी ३ केजीका दरले बिक्री गर्ने कार्यालयले जनाएको छ । गत साता भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । कालोबजारी गर्ने व्यवसायीलाई बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ । karobardaily बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार