देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि ,९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

२८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् ।काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

उहाँका अनुसार त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो भने यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार