देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि ,११ को मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका छन् ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताउनुभयो । उहाँका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार