देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको हो ।

https://www.facebook.com/watch/?v=361007035084405&extid=vW7BNEbbG5GeGtgE

यसैगरी पछिल्लो २४ घण्टामा १० जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।कोरोनाबाट मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

आइतबार मात्र ८८५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।
यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।
आइतबार नेपालमा दश हजार एक सय २३ पीसिआर परिक्षण गरिएको छ । यस्तै विश्वभर कोरोना संक्रमितको कुल संख्या तीन करोड अन्ठाउन्न हजार सात सय ५० जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार